रवीन्द्र मिश्रले ५ हजार मतदातालाई ‘विचारभन्दा माथि देश’ निःशुल्क बाँड्दै

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘विचारभन्दा माथि देश’ ५ हजार मतदातालाई निःशुल्क वितरण गर्ने भएका छन् ।

उनलाई सो पुस्तक निःशुल्क वितरण गर्न उल्लेख्य ‘स्पोन्सर’ प्राप्त भएको हाे । हिन्दू–बौद्ध राष्ट्र र राजतन्त्रको पक्षमा खुल्दै मिश्रले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक दुई सातापछि प्रकाशन हुँदैछ ।

उक्त किताब काठमाडौँ–१ का घर-घरमा बाँड्ने लक्ष्य लिएको भन्दै उनले हिजो मात्रै फेसबुकमा केही किताब स्पोन्सर गरिदिन शुभेच्छुकलाई आह्वान गरेका थिए । त्यसको २४ घन्टाभित्रै एकै व्यक्तिले १ हजार प्रतिसम्म स्पोन्सरको प्रतिबद्धता जनाएको मिश्रले जानकारी दिएका छन् ।

हालसम्म उनलाई १५ लाख रुपैयाँ बराबरको स्पोन्सर भइसकेको उनले बताए । जसबाट उनले ५ हजार प्रति पुस्तक निःशुल्क वितरण गर्न सक्ने भएका छन् ।

मिश्रको पुस्तक फाइन प्रिन्टले प्रकाशन गर्दैछ । पहिलो लटमा नै १५ हजार प्रति प्रकाशित गर्न लागिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =