महानगरको हस्तक्षेपपछि बेसमेन्टकाे प्रयाेग पार्किङका लागि गर्ने विभागको निर्णय

काठमाडौँ । राहदानी विभागले त्रिपुरेश्वरस्थित कार्यालयको बेसमेन्ट सवारी पार्किङकै लागि प्रयोग हुने बताएको छ ।

शुक्रवार अपराह्न एक सूचना जारी गर्दै विभागले यही आइतवारदेखि लागू हुने गरी कार्यालयको बेसमेन्ट सेवाग्राहीको सवारी पार्किङमा प्रयोग गरिने बताएको हो ।

सूचनामा भनिएको छ, ‘साबिकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकहरूका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा अब देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुन काठमाडौँ महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएकोले मिति २०७९/५/१२ देखि उक्त बेसमेन्ट सेवाग्राहीको पार्किङ स्थलका रूपमा प्रयोग हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

त्यस्तै, विभागले कार्यालयबाहिरको सडकमा अनावश्यक रूपमा भिडभाड नगर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =