हवाई उद्धारका नाममा हुने विकृति नियन्त्रण हुनुपर्ने पर्यटनमन्त्रीकाे भनाइ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने विकृतिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा हिमालयन उद्धार सङ्घ नेपालको ४८ औँ साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने विकृतिले समग्र नेपालकै पर्यटन क्षेत्रमा असर पर्ने भन्दै यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

उनले आगामी दिनमा हवाई उद्धार सेवालाई व्यवस्थित बनाउँदै लैजानुपर्ने धारणा पनि राखे । उनले मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले अघि सारेको कार्य योजनालाई पुरा गरेरै छाड्ने बताए । मन्त्री श्रेष्ठले नेपाललाई संसारको उत्कृष्ट पर्यटन गन्तव्य बनाउनका लागि पनि सबैको योगदान आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा संघले गत आर्थिक वर्षमा हिमालय क्षेत्रबाट नेपाली र विदेशी गरी एक हजार ७० जनाको उद्धार गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =