वेटिङ रुम बनाइएको राहदानी विभागको पार्किङबाट महानगरले हटायाे वेटिङ चियर लगायतका सामान (फाेटाेफिचर)
२०७९ भदौ १० गते

काठमाडाैँ । काठमाडाैँ महानगरले त्रिपुरेश्वर स्थित राहदानी विभागकाे बेसमेन्टमा बनाइएकाे संरचना हटाएकाे छ ।
विभागले पार्किङमा बनाएकाे वेटिङ रुमकाे संरचना हटाएकाे हाे ।
शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै महानगरले त्यहाँबाट वेटिङ चियर लगायत विभिन्न सामग्रीहरू हटाएकाे हाे ।
राहदानी विभागमा पार्किङ नहुँदा सेवाग्राहीले बाहिरै अप्ठ्याराेमा सवारीसाधन पार्किङ गर्दै आएका थिए ।
राहदानी विभागकाे अवैध संरचना हटाउन महानगरका मेयर बालेन भने गएका थिएनन् ।
तस्वीरः

२०७९ भदौ १० गते
प्रतिक्रिया








