एमालेकाे आराेप

‘सरकारकाे गलत नीतिका कारण मुलुक भूराजनीतिक द्वन्द्वकाे शिकार बन्ने जाेखिम बढ्याे’

काठमाडाैँ । नेकपा (एमाले) ले पाँचदलीय गठबन्धनसम्बद्ध सरकारकाे गलत नीतिका कारण मुलुक भूराजनीतिक द्वन्द्वकाे शिकार बन्ने  जाेखिम बढ्दै गएकाे आराेप लगाएकाे छ । शुक्रबारदेखि शुरू भएकाे केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा यस्ताे आराेप लगाइएकाे छ । ‘सरकारकाे गलत नीति र गलत व्यवहारका कारण मुलुक भूराजनीतिक द्वन्द्वकाे शिकार बन्ने  जाेखिम बढ्दै गएकाे छ,’ प्रतिवेदनमा भनिएकाे छ ।

परमादेशबाट बनेकाे सरकार मुलुकलाई गहिराे संकटतर्फ धकेल्न उद्यत् रहेकाे आराेप एमालेकाे छ । ‘जनादेशबाट बनेकाे सरकारलाई परमादेशबाट विस्थापन गर्दै बनेकाे गठबन्धनकाे सरकार यस अवधिमा देश र जनताकाे हितमा एकपछि अर्काे आँच पुर्‍याउँदै मुलुकलाई गहिराे संकटतिर धकेल्न उद्यत् देखिएकाे छ,’ ओलीले प्रतिवेदनमार्फत् भनेका छन् ।

यस्तै सरकारकाे अकर्मण्यताका कारण मुलुककाे बाह्य सम्बन्ध नराम्राेसँग खलबलिएकाे छ निष्कर्ष एमालेकाे छ । त्यहाँ थप भनिएकाे छ, ‘अर्थतन्त्रका प्राय: सूचकहरू जाेखिमपूर्ण र नकारात्मक अवस्थामा पुगेका छन् । भ्रष्टाचार, कुशासन र बेथिति उत्कर्षमा पुगेकाे छ ।’

एमालेले महँगी नियन्त्रण गर्दै जनतालाई राहत दिनुकाे साटाे सरकार विचाैलियाकाे राेहबर र निर्देशनमा रहेकाे ठहर गरेकाे छ । भनेकाे छ— ‘जनतालाई राहत दिनुकाे साटाे सरकार करका दर हेरफेर गर्ने, निश्चित व्यावसायिक घरानालाई पाेस्ने र स्वस्थ व्यावसायिक वातावरण, प्रतिस्पर्धा र विधिकाे शासनलाई खिल्ली उडाउन केन्द्रित छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =