धरान पुगेर प्रचण्डले भने- माओवादीहरूले गर्नुपर्ने काम हर्कराजले गरिरहेका छन् (भिडिओसहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङबाट देशले सिक्नुपर्ने बताएका छन् । शुक्रबार प्रमुख साम्पाङकाे वृक्षाराेपण कार्यक्रममा सहभागी भएपछि उनले यस्ताे बताएका हुन् । ‘उहाँकाे कामलाई सिङ्गै देशले हेरिरहेकाे छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कराजजीकाे व्यवहारबाट, उहाँकाे आचरणबाट प्रेरणा लिन आग्रह गर्छु,’ उनले भनेका छन् ।

उनले कम्युनिष्टहरूले, त्यसमा पनि माओवादीहरूले गर्नुपर्ने काम प्रमुख हर्कराजले गरिरहेकाे बताए । त्यसअघि उनले भने, ‘हामी कम्युनिष्टहरूले त्यसमा पनि अझ माओवादीहरूले गर्नुपर्ने काम उहाँले गरिरहनुभएकाे छ ।’

यसअघि पनि प्रचण्डले प्रमुख हर्कराजले माओवादीजस्ताे कुरा गर्ने गरेकाे बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =