बालेनसँगकाे ‘फेसबूक वार’पछि महेशले भने- ‘२/४ जना ट्यापेहरूले गाली गरेर केही हुन्न’

काठमाडाैँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले फेसबूकमा गाली गर्ने केहीलाई सुधार गृहमा लैजाने अभियान चलाउने बताएका छन् । सामूहिक भावनाअनुसार अगाडि बढ्नुपर्ने भएपनि ‘मपाईंत्व’ गर्ने र गाली गर्नेहरूलाई सुधार गृहमा लगिने बताए । ‘मपाईंत्व, नवउदारवाद मुर्दावाद, जुन ढंगले लोकप्रियतावादी हुन खोज्ने प्रवृत्ति देखिएको छ। तर सबै मिलेर सामूहिक ढंगले हिँड्ने हो, देश बनाउने हो,’ उनले भनेका छन् ।

शुक्रबार बिहान काठमाडाैँकाे तीनकुनेमा आयाेजित एक कार्यक्रममा उनले भनेका छन्, ‘२/४ जना फेसबूके ट्यापेहरूले मान्छेलाई गाली गरेर केही हुन्न । उनीहरूलाई सुधार गृहमा लैजाने हो । निराश हुनुपर्दैन । २/४ जना ट्यापेहरूलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व महेश बस्नेतले गर्छ, चिन्ता लिनुपर्दैन,’ उनले भनेका छन् ।

यसअघि काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग उनकाे ‘फेसबूक वार’ परेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =