जबराविरुद्ध उजुरी गर्न महाभियोग सिफारिस समितिको आह्वान
२०७९ भदौ १० गते

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले आज सूचना जारी गर्दै महाभियोगसँग सम्बन्धित विषयमा कुनै प्रमाणहरू भए तीनदिन भित्र समितिमा उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
बुधबार बसेको समितिको बैठकले जबरालाई भदौ १५ गते बयानका लागि बोलाउने निर्णय गरेको थियो । सोही बैठकले महाभियोगसँग सम्बन्धित कुनै प्रमाण भए माग गर्ने पनि निर्णय गरेको थियो । समितिले भदौ २९ भित्र जबराविरुद्धको महाअभियोगबारे अध्ययन टुङ्ग्याउने तयारी गरेको छ ।
समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको छ ।
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








