नेकपा एसले ताप्लेजुङ उम्मेदवारको नाम टुंगो लगायो, काे-काे परे ?

काठमाडौँ । नेकपा एकिकृत समाजबादीले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी ताप्लेजुङमा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईंलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताए ।

प्रदेशसभा १ को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा २ को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रदेशसभा १ को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेशसभा २ तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =