कीर्तिपुरले पनि ‘स्टार्ट’ गर्‍यो डाेजर, अवैध संरचना भत्काउन सुरु (तस्वीरसहित)

कीर्तिपुर । काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना भत्काउन सुरु गरेको छ ।

बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार नकर्मीले जानकारी दिए।

नगरपालिकाले पहिलाे दिन जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो ।

नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर लगाएर भत्काएको हो ।

तस्वीरः वीरेन्द्र शाक्य/कीर्तिपुर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =