वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशकले सम्हाले कार्यभार

काठमाडौँ । वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताएका छन् ।

बुधवार काठमाडौँमा कार्यभार सम्हाल्दै उप्रेतीले वैदेशिक रोजगारका गएकाहरूलाई सहज हुने गरी यस क्षेत्रलाई थप मर्यादित बनाइने बताएका छन् ।

उनले देशको विकासका लागि युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्ने भएकाले सदैका लागि वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने कुरा उचित नहुने बताए ।

उप्रेतीले कर्मचारी, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई उदाहरणीय काम गरेर देखाउने र सबै कर्मचारीहरूको सहयोग आवश्यक रहेको धारणा राखे ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =