श्रीमतीको हत्या गरी फरार व्यक्ति चारवर्ष पछि पक्राउ

सुनसरी । श्रीमतीको हत्या गरी फरार एक व्यक्तिलाई ४ वर्षपछि पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ४ की २३ वर्षीय अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान् ३५ वर्षीय विनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७४ साल ज्येष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =