निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतको आदेश (आदेशसहित)

काठमाडाैँ । उच्च अदालत जनकपुरले निहारिका राजपूतकाे मुद्दामा डीएनए जाँच गर्न आदेश दिएकाे छ ।

न्यायाधीश भाेजराज अधिकारी तथा रेखा थापा पाण्डेकाे इजलासले उक्त आदेश दिएकाे हाे ।  पीडितले डिएनए जाँचकाे माग गरेकाे विषय सान्दर्भिक रहेकाे भन्दै अदालतले पीडितबाट जन्मिएकाे बच्चाकाे र प्रतिवादी शिवराज श्रेष्ठकाे डिएनए परीक्षण गर्न आदेश दिएकाे हाे ।

आदेशानुसार उनीहरूकाे डिएनए उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत् राष्ट्रिय विधि विज्ञान प्रयाेगशाला, खुमलटारमा हुनेछ ।

अदालतले परीक्षण प्रतिवेदन प्राप्त भएसँगै नियमअनुसार अदालतमा पेश गर्न भनेकाे छ ।

आदेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *