महासचिव गुरुङ भन्छन्- मुलुककाे जिम्मेवारी माओवादी केन्द्रले लिनुपर्ने आवश्यकता छ (भिडिओसहित)

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबै दलहरूबीच सहमतिकाे बाटाे खाेजेर अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार रिपाेटर्स क्लबमा भएकाे पत्रकार भेटघाटमा उनले यस्ताे बताएका हुन् । ‘सबै दलहरूबीच सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भएकाे छ । अब राजनीतिमा स्थिरता चाहिन्छ । यसबिना सुध्रिन सम्भव हुँदैन,’ उनले भनेका छन् ।

उनले गठबन्धनबाटै मुलुक अगाडि बढ्ने जिकिरसमेत गरेका छन् । नेपालकाे निर्वाचन प्रणाली नै पनि त्यस्तै भएकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘अब सबै दलहरूबीच सहमति भयाे भनेचाहिँ प्रणाली सप्रिने हाे नभए त याे नसुध्रिएसम्म त यसैमा लड्नुपर्‍याे । त्यसैले अब हाम्राे प्रणाली नै गठबन्धनतिरै जानुपर्नेखाले छ । यसलाई स्वाभाविकरूपमा लिनुपर्छ ।’

उनले नेपालकाे अहिलेकाे राजनीतिमा माओवादी केन्द्रकाे भूमिका ठूला रहेकाेसमेत बताए । ‘निर्वाचनबाट संख्या जति भएपनि, जस्ताे भएपनि अहिलेकाे नेपाली राष्ट्रिय राजनीतिमा माओवादी केन्द्रकाे ठूलाे अभिभारा छ । यसलाई माओवादी केन्द्रले बुझेकाे छ,’ उनले भनेका छन् ।

उनले मुलुकमा हाल देखिएका समस्या समाधानका लागि राजनीतिक स्थिरता चाहिने बताएका छन् । ‘याे स्थितिमा सबै दलहरूबीच सहकार्य जुटाउनका लागि बढी दायित्व र जिम्मेवारी माओवादी केन्द्रकाे काँधमा छ । किन पनि भने मुलुककाे याे परिवर्तन; संघीयता, संविधान, धर्म निरपेक्षता प्राप्त गर्‍याे, त्याे जनआन्दाेलन, बृहत् शान्ति सम्झाैतासँग जाेडिएकाे छ । र, माओवादी केन्द्र यसकाे मुख्य वाहक हाे । त्यसैले पनि अब मुलुककाे जिम्मेवारी माओवादीले लिनुपर्ने आवश्यकता छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =