काठमाडौँ मलमा चल्याे बालेनकाे डाेजर

काठमाडौँ । सुन्धारास्थित काठमाडौँ मलकाे अवैध संरचनामा काठमाडाैँ महानगरपालिकाले डोजर चलाएको छ । अवैध रूपमा बनाएको संरचना हटाउनको लागि बुधवार महानगरले डोजर लगाएको हाे ।

अवैध रूपमा बनेका ती संरचना हटाउनका लागि मेयर बालेन शाह आफैँ सक्रिय रहेका थिए ।

यसअघि महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ ।

कर्मचारी सञ्चय कोषको स्वामित्व रहेको मलमा भाडामा बसेकाहरूले अवैध रूपमा संरचना निर्माण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =