माओवादी केन्द्र थुलुङ दुधकाेशी गाउँ कार्यसमितिकाे बैठक बस्दै

साेलुखुम्बु । नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकाेशी गाउँ कार्यसमितिकाे विस्तारित बैठक बस्ने भएकाे छ । बैठक आउँदाे भदाै १२ आइतबार थुलुङ दुधकाेशी गाउँपालिका सभाहल, मुक्लीमा बस्ने समितिका सचिव रामकिरण राईले जानकारी दिए ।

बैठक सांसदसमेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् साेलुखुम्बु जिल्ला समन्वय समिति ईञ्चार्ज हेमकुमार राई (सुरवीर) काे प्रमुख आतिथ्यता एवम् जिल्ला पार्टी संयाेजक असिम राईकाे उपस्थितिमा बस्ने सचिव राईले बताए । उनकाअनुसार बैठकमा थुलुङ दुधकाेशी गाउँपालिका कार्यसमितिका नेताहरूदेखि प्रदेश समिति र पालिका पदाधिकारीसम्मलाई बाेलाइएकाे छ ।

बिहान १० बजे शुरू हुने बैठकले जिल्लास्थित समसामयिक राजनीतिमाथि समीक्षा गर्नुका साथै पार्टीकाे भावी रणनीति, आसन्न निर्वाचनलगायतबारे छलफल गर्ने र आवश्यक निर्णय लिने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =