प्रचण्डकाे टिप्पणी- नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु ‘पाखण्ड’बाहेक केही होइन

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन् । बिहान चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरे । ‘आमा बुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता नपाएको समस्या समाधान मात्र अहिलेको विधेयको मूल सार हो,’ प्रचण्डले भने, ‘यसलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन ।’
एमालेकै सरकारको पालामा आएको विधेयकलाई एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरिरहेको उनको भनाई छ । ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशका रूपमा यही विधेयक लिइएको थियो । जसले यही विधेयक अध्यादेशका रूपमा लिएका थिए तिनीहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरू केही हुनै सक्दैन,’ उनले भने ।








