बार्सिलोना र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । यस साता युरोपका दुई हेभिवेट क्लबहरू स्पेनिस बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेल खेल्दैछन् । नयाँ सिजन सुरु भइसकेको अवस्थामा दुई क्लबले सो खेल खेल्न लागेका हुन् ।

गत सिजनको अन्त्यपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो देश स्पेन पुगेका बेला यो खेलको घोषणा भएको थियो । सोही अनुसार यो खेल हुन लागेको हो । यो खेल आयोजनाको घोषणा गर्दा सिटीका तर्फबाट प्रशिक्षक ग्वार्डिओला र बार्सिलोनाका तर्फबाट क्लब अध्यक्ष जोन लापोर्टा पत्रकार सम्मेलनमा सामेल भएका थिए ।

दुई क्लबले च्यारिटीका लागि यो खेल खेल्न लागेका हुन् । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार बिहीबार बिहान ११५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *