बालिकालाई बलात्कार गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

सुनसरी । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका ५ का सुरज विश्वकर्मा रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई सोही नगरपालिका ५ भरौलबाट घटना घटेकाे १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

उनले १४ वर्षिया किशोरीलाई  ४-५ जनाको समूहमा गइ सामूहिक बलात्कार गरी फरार भएका थिए । उक्त घटनामा सर्वोच्च अदालतले प्रतिवादीहरूलाई ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेकाे छ । बलात्कार गरी फरार भएका उनी लुकिछिपी अवस्थामा बसेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका उनलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *