एकीकृत समाजवादी आफ्नै चिह्न लिएर निर्वाचनमा जान्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने बताएका छन् । पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाई छ ।

उनले माओवादी केन्द्रसँग चुनाव अघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसँग बिचार र राजनीतिक कार्यदिशामा पनि एकरूपता रहेकाले र फेरी पनि वाम शक्तिहरू एक ठाउँमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको बताए ।

उनले अहिले चुनावी तालमेल गर्ने दलहरूबिच भने साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जाने बताए ।

उनले साझा कार्यक्रममा गठबन्धनले जनताका लागि गर्ने कामहरूको प्रतिबद्धता हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =