पीडितको पीडामाथि थप पीडा थप्नेगरि शान्ति प्रक्रियासम्बन्धी विधेयक आयो : एमाले

काठमाडौँ । नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताएका छन् ।

मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरि सरकारले टिआरसीसम्बन्धी विधेयक ल्याएको भन्दै यसमा आफूहरूको असहमति रहेको बताएका हुन् ।

उनले द्वन्द्वकालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने , हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने समेत बताए ।

द्वन्द्वरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलङ्घन गरेका कुराहरू र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्यायाधिवक्ता सक्ने जस्ता कुराले पीडितहरूलाई थप पिडा दिने देखिएको उनले बताए । उनले सर्वोच्च अदालतको निर्णय, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी प्रतिविद्धताहरूलाई ख्याल गर्नुपर्ने समेत बताए ।

त्यस्तै, कांग्रेस सांसद डिला संग्रौलाले शान्ति प्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुनपर्ने बताइन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकका बारेमा दलहरूले आफ्नो संशोधन राख्न सक्ने उनको भनाई छ । द्वन्द्वपीडितहरू धर्ना बसेको, मानवअधिकार आयोगले पनि छिटो टुङ्गाउन भनिरहेको अवस्थामा यसलाई छिटो पारित गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै, माओवादी केन्द्रकी सचेतक रेखा शर्माले द्वन्द्वकालीन विषय राज्यको विषय भएकाले छिटै यसलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखिन् । द्वन्द्वकालीन मुद्दा समयमा नै नटुङ्गिँदा शान्ति प्रक्रिया नै टुङ्गोमा पुग्न सकेन भन्न सन्देशलाई अब अन्त्य गर्नुपर्ने बेला आएको उनको भनाई छ । उनले विधेयक सकारात्मक रहेकाले असहमत हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरिन् ।

यसअघि मङ्गलवार नै बसेको प्रतिनिधिसभा बैठकमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =