अघि बढ्दै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सङ्क्रमणकालीन न्याय सम्बन्धमा बनेको विधेयक पेश हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

कानुनमन्त्री गोविन्द बन्दी पूर्व सुरक्षाकर्मीका माग पनि यो विधेयकले सम्बोधन गर्ने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =