म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गएराती घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले चिर परिचित प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले हराएको हो ।

यो युनाइटेडको सिजनको पहिलो जित हो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए ।

यस जितसँगै युनाइटेड अंक तालिकामा लिभरपुलभन्दा माथि उक्लिएको छ । युनाइटेड ३ खेलमा ३ अंक जोड्दै १४ औं स्थानमा छ । लिभरपुल ३ खेलमा २ अंकसाथ १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *