गठन भयो प्याराग्लाइडिङ संघ गण्डकी, अध्यक्षमा बसन्त 

पोखरा । प्याराग्लाइडिङ खेलको विकास, विस्तारका लागि प्रदेश स्तरीय समिति गठन गरिएको छ । वसन्तराज दवाडीको अध्यक्षतामा प्याराग्लाइडिङ संघ प्रदेश समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा तथा कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना छन् । सदस्यमा कृषु पौडेल र विजय गौतम चयन भए । साहसिक खेलका रूपमा लिइने प्याराग्लाइडिङलाई थप व्यवस्थित बनाउन र प्रतिस्पर्धात्मक काम गर्नका लागि आफ्नो समितिले प्रयास गर्ने दवाडीले बताए ।

प्याराग्लाइडिङ आजभोलि प्रतियोगिताका रूपमा सञ्चालन गरिन्छ । आउँदो असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत प्याराग्लाइडिङ खेल समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =