चुनावी अन्तर्घातबारे प्रचण्ड शख्त, अन्तर्घातीलाई कारबाही नगरे पार्टी सकिने भनाइ

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनाएको समितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाडामा माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा निर्वाचनमा भएका अनुशासन उलङ्घन र अन्तर्घातका प्रकृति हेरेर कारबाही गर्न सुझाव दिइएको छ ।

त्यस्तै, प्रतिवेदनमा मधेस प्रदेशमा बढी अन्तर्घात भएको उल्लेख गरिएको छ । प्रतिवेदन बुझ्दै प्रचण्डले समितिले दिएको सुझावलाई पार्टीभित्र छलफल गरेर कारबाहीको प्रक्रिया अघि बढाइने बताए ।

उनले पार्टीलाई कमजोर बनाउनेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो नरहने बताए । पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित गर्न दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि नबढाएसम्म सम्भव नरहेको उनको भनाई छ ।

त्यस्तै छानबिन समितिका संयोजक राईले पार्टीभित्र अन्तर्घात भएका कारण लहान, सिराहा, महोत्तरी, बर्दिया लगायतका स्थानमा पराजय भोग्नु परेको जिकिर गरे । उनले उम्मेदवारको चयन गर्दा केही कमजोरी भएकाले पनि अन्तर्घात भएको हुन सक्ने धारणा राखे ।

राईले पार्टीप्रति प्रतिबद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट छानबिनका निष्कर्ष केन्द्रित रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =