निर्वाचनमा विदेशी नम्बर प्लेटकाे सवारी साधन प्रयाेग गर्न नपाइने

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दल तथा उम्मेदवारहरूले विदेशी नम्बर प्लेटकाे सवारी साधन प्रयाेग गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख गरेकाे हाे ।

भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी यस्तो प्रस्ताव ल्याइएकाे आयोगले जनाएकाे छ ।

यसअघिका निर्वाचनमा पनि सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =