प्रदीप गिरीकाे निधनप्रति शाेक प्रस्ताव पारित गर्दै स्थगित भयाे संसद्

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
सोमबार बसेको बैठकले कांग्रेस सांसद प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक भाद्र ७ गते १० बजे बोलाइएको छ ।
त्यस्तै सोमबार नै बसेको राष्ट्रियसभाको बैठकले पनि गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भाद्र १२ गते बस्नेगरि स्थगित भएको छ ।
२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिराहा जिल्ला क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिराहा जिल्ला क्षेत्र नं १ बाट निर्वाचित सांसद गिरीको ७५ वर्षको उमेरमा शनिवार निधन भएको थियो ।
गिरीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।








