१४ वर्षीय बालिकालाई बलात्कार गरेकाे अभियोगमा २ जना पक्राउ
२०७९ भदौ ६ गते

काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेकाे प्रहरीले जनाएकाे छ । उनीहरू आइतबार दिउँसो पक्राउ परेका हुन् ।
उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई पीडित बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०७९ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








