बोचुमको पोस्टमा बायर्नको ७ गोल

काठमाडाैँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले भिएफएल बोचुमविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा बायर्न म्युनिखले बोचुमलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा साडियो मानेले २ गोल गरे भने लिरोय साने, माथिस डी लाइट र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए । त्यसैगरी बोचुमका क्रिस्टियन गाम्बोआले एक गोल आत्मघाती गोल गरेका थिए ।

बायर्नको यस सिजनमा यो लगातार तेस्रो जित हो । यो जितपछि बायर्न म्युनिखको ३ खेलमा ९ अंक भएको छ । त्यस्तै बोचुमले भने यस सिजनका अहिलेसम्म खेलेका तिनै खेल हारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *