लिड्ससँग ३-० ले हार्‍यो चेल्सी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा लिड्स युनाइटेडले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिड्सको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा लिड्सले २-० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो । लिड्सका लागि ब्रेण्डेन आरोन्सन, रोड्रीगो मोरेनो र ज्याक हारिसनले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८४औं मिनेटमा चेल्सीका कालीडोउ कोउलीबालीले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्दा चेल्सी १० खेलाडीमा सिमित भएको थियो । लिड्स युनाइटेडको यस सिजनमा यो दोस्रो जित हो । अहिलेसम्म खेलेका ३ खेलमा लिड्सले २ जित र एक बराबरीसहित ७ अंक बटुलेको छ ।

त्यस्तै चेल्सीले भने यस सिजनमा खराब शुरुवात गरेको छ । पहिलो खेलमा एभर्टनविरुद्ध संघर्षपूर्ण १-० को जित हासिल गरेको चेल्सीले दोस्रो खेलमा लेस्टरसँग २-२ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *