न्युक्यासलसँग बराबरी खेलेपछि शीर्ष स्थानबाट झर्‍यो म्यानचेस्टर सिटी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग हारबाट जोगिएको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग ३-३ गोलको बराबरी खेलेको हो ।

३-१ गोलले पछि परेको म्यानचेस्टर सिटीले कम ब्याक गर्दै २ गोल थपेर हारबाट जोगिएको थियो । न्यूक्यासलका लागि मिग्युएल अल्मिरोन, कलुम विल्सन र किएरन ट्रीपियरले एक एक गोल गरेका थिए ।

त्यस्तै म्यानचेस्टर सिटीका लागि इके गुनडोगन, एर्लिंग हालाण्ड र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । यो बराबरीपछि म्यानचेस्टर सिटीको ३ खेलमा ७ अंक भएको छ भने न्यूक्यासलको ३ खेलमा ५ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *