इंग्लिस प्रिमियर लिग

पहिलो जितको लडाइँमा लिभरपुल र म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२–२३ मा आज एक खेल हुँदैछ । राती १२ः४५ बजे (मंगलबार विहान) लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको हो ।

नर्थ वेस्ट डर्बीको रुपमा चर्चित यी दुई टोली पहिलो जितको खोजिमा हुनेछन् । दुवै टोलीले लिगमा हालसम्म जित दर्ता गर्न सकेका छैनन् । युनाइटेड दुवै खेलमा पराजित हुँदा लिभरपुल दुवै खेलमा बराबरीमा रोकिएको छ । लिभरपुलसँग यसै सिजन आएका फरवार्ड डार्विन न्युनेज रातो कार्डका कारण उपलब्ध छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *