बार्सिलोनाको सानदार जितमा लेवान्डोस्कीको २ गोल

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बर्सिलोनाले रियल सोसियडाडविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवान्डोस्कीले २ गोल गरेका थिए । योसँगै लेवान्डोस्कीले ला लिगाको आफ्नो दोस्रो खेलमा बार्सिलोनाका लागि गोलको खाता खोलेका छन् । त्यस्तै बार्सिलोनाका लागि उसमान डेम्बेले र अन्सु फातिले एक/एक गोल गरेका थिए । रियल सोसियडाडका लागि अलेक्जेन्डर इसाकले एक गोल गरेका थिए ।

बार्सिलोनाको ला लिगाको यस सिजनमा खेलेको दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा बराबरीमा रोकिएको थियो । यो जितपछि बार्सिलोनाको २ खेलमा ४ अंक भएको छ । रियल सोसियडाडको भने २ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *