एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित

काठमाडाैँ । फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । एसजीले लिलमाथि उसकै मैदानमा ७-१ को फराकिलो जित दर्ता गरेको हो ।

पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक गोल गरे । लिलका जोनाथन बम्वाले एक गोल फर्काए ।

यो जितसँगै अपराजित रहेको पिएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लिल ४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *