नेकपा एसका सञ्जीव राईले सुवास नेम्वाङको क्षेत्रबाट उम्मेदवारी दिने

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने भएका छन् ।

उनी युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिव हुन । राईले उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धा गर्दै आएको इलाम–२ मा उम्मेदवारी दिने बताएका छन् । ‘इलाम क्षेत्र नं २ मा पुरानो र दिग्गजहरूको सम्मान र अवकाश अपरिहार्य छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्रोह सधैँ क्रान्तिकारिता र नवीनताका लागि हुन्छ ।’

लगातार चुनाव जित्दै आएका नेम्वाङलाई अवकाश दिन उम्मेदवारीको तयारी गरेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =