प्रमुख आयुक्त भन्छन्- निर्वाचन बिथाेल्नेहरूलाई ठाउँकाे ठाउँ कारबाही हुन्छ (भिडिओसहित)
२०७९ भदौ ५ गते

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथाेल्नेहरूलाई ठाउँकाे ठाउँ कारबाही हुने बताएका छन् । ‘निर्वाचन बिथाेल्नेहरूलाई, मतदानकाे दिन अप्ठ्याराे पार्नेहरूलाई ठाउँकाे ठाउँ कारबाही गर्न नसक्दा त्यस्ताे मनसाय राख्नेहरूकाे मनाेबल गिराउन सकिँदाेरहेनछ,’ उनले भनेका छन्, ‘त्यसकारण हामीले के भन्याैँ भने अब जहाँ एक्सन हुन्छ त्यहाँ तत्काल रियाक्सन हुन्छ ।’
थपलियाले त्यसअनुसार आवश्यक तयारी गर्न पनि सम्बन्धित नियकाहरूलाई निर्देशन दिए । ‘तदनुसार आवश्यक बन्दाेबस्त गर्नका लागि अनुराेध छ र निर्देशन दिइन्छ,’ उनले भनेका छन् । निर्वाचन आयाेगमा पनि त्याे पाटाे हेर्ने छुट्टै समिति रहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘अब त्यसाे नगरीकन भएन, यसबारे हामी अझै छलफल गर्छाैँ ।’
२०७९ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








