निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही नहुँदा उनीहरूको मनोबल बढ्याे : थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताएका छन् ।

आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानुन विपरीत भएको भन्दै त्यस्ता तत्त्वलाई कारबाही हुन नसक्दा मनोवदन बढ्दै गएको बताएका छन् ।

उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन ग्राह्य नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राखे ।

उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरूप मिति तय गरेको जिकिर गरे ।

एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाई छ ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाए पनि आयोगले तीव्र रूपमा आफ्नो काम अघि बढाएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =