सरकारले न्यूनतम तलबसुविधा पनि नदिएकाे भन्दै विद्यालयका कर्मचारी आन्दोलित

काठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारीहरूले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौँमा धर्ना दिएका छन् ।

केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् ।

चालू आर्थिक बजेटमा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख रहेको र त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था गरिएको छ ।

तर स्थानीय तहहरूले आफूहरूलाई कुनै रकम उपलब्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूको भनाई छ ।

धर्नाबाट पनि आफूहरूको माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =