सांसद गिरीको निधन : आज संसद् बैठक नबस्ने
२०७९ भदौ ५ गते

काठमाडाैँ । आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा रहेकाले बैठक नबस्ने स्रोतले बताएको छ । बैठक भोलि १ बजे बस्ने भएको छ ।
समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति साढे ९ बजे निधन भएको थियाे ।
२०७९ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








