आर्सनलको लगातार तेस्रो जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्डले २ गोल गरेका थिए भने विलियम सलिबाले एक गोल गरेका थिए । यो जितपछि आर्सनलले यस सिजनमा उत्कृष्ट शुरुवात गर्दै लगातार तीन खेलमा जित हासिल गरेको छ ।

आर्सनलको यो जितआची ३ खेलमा ९ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै बोर्नमाउथको भने ३ खेलमा एक जित र २ हारसहित ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *