ला लिगा : रियल म्याड्रिडको सानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै लिगमा लगातार दोस्रो जित हासिल गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमा, लुका मोड्रीच, भिनिसियस जुनियर र फेडेरिको भाल्भेर्डेले एक एक गोल गरेका थिए । रियल म्याड्रिडका लागि इडेन हजार्डले एक पेनाल्टी मिस गरेका थिए ।

त्यस्तै सेल्टा भिगोका लागि लागो आसपासले एक गोल पेनाल्टी मार्फत गरेका थिए । रियल म्याड्रिडको यो जितपछि २ खेलमा ६ अंक भएको छ भने लिगमा शिर्ष स्थानमा रहेको छ । सेल्टा भिगोको २ खेलमा एक हार र एक बराबरीसहित एक अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *