केनको गोलमा टोटेनहमको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटेनहमले वोल्भ्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटेनहमले वोल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमको यो जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ६४औँ मिनेटमा इभान पेरिसिकको असिस्टमा गोल गर्दै टोटेनहमलाई जिताएका थिए ।

जारी यस सिजनमा टोटेनहमको तेस्रो खेलमा यो दोस्रो जित हो । यस अघि सिजनको पहिलो खेलमा टोटेनहमले साउथहम्पटनलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा चेल्सीसँग २-२ गोलको बराबरी खेलेको थियो ।

यो जितपछि टोटेनहमको ३ खेलमा ७ अंक भएको छ । त्यस्तै वोल्भ्सले भने अहिलेसम्म खेलेका ३ खेलमा दोस्रो हार बेहोरेको छ । वोल्भ्सको ३ खेलमा एक अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *