इंग्लिस प्रिमियर लिगमा आज ३ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता अर्थात् आज ३ वटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ६:४५ बजे लिड्स र चेल्सी भिड्नेछन् । गत साता टोटेनहमसँग बराबरीमा रोकिएको चेल्सी लिड्सको मैदानमा जित हासिल गर्दै विजयी लयमा फर्कन चाहन्छ । त्यसै समयमा वेस्ट ह्यामले ब्राइटनलाई निम्तो दिनेछ ।

दिनको अन्तिम खेल राती ९:१५ बजे न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच हुनेछ । लिगको शीर्षस्थानमा रहेको सिटी न्युकासलको मैदानमा लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । न्युकासल पनि नयाँ रुपमा आफूलाई बलियो टोलीका रुपमा स्थापित गराउन चाहन्छ । दुई खेलमा ४ अंक जोडेको घरेलु टोली पेप गुआर्डीओलाको टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *