एमाले जथाभावी आरोप लगाउँछ, हामीले जवाफ दिन सक्नु पर्छ : नेपाल (भिडियोसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेताहरुले जथाभावी आरोप लगाउँने भएकाले त्यसको जवाफ दिन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न समेत पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रा विरोधीहरुले कुप्रचार गरिरहेका छन एमालेमा विलीन हुने भनेर। त्यसमा कुनै सत्यता छैन। हाम्रो पार्टी विचारको आधारमा उभिएको छ। हाम्रो पार्टी आर्दशको आधारमा उभिएको छ। त्यसो हुनाले एमालेले जेसुकै बोलोस्, त्यसका नेताहरुले हामीलाई जथाभावी आरोप लगाऊन्,’ नेपालले भने, ‘त्यसको हामीले जवाफ दिन सक्नु पर्दछ।’

‘उनीहरुले बाँडिरहेको भ्रमलाई चिर्नुपर्छ हामीले। उनीहरुले लेख्छन् भने पनि काउन्टर जवाफ दिनुपर्छ हामीले। उनीहरुको महिमा गर्ने होइन। केपी ओलीका खुट्टा टाँसीटाँसी हिँडने पनि होइन। हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्ने पनि होइन,’ नेपालले भने, ‘अहिले पनि मसँग खबर आइरहेका छन्– केपी ओलीसँग बस्न सकिँदैन भन्दै। एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन्। त्यसो हुनाले एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन। जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन, जसले हामीलाई अपराधी घोषणा गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =