‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो ।

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटी नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताए ।

नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि बताए । अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सो अवसरमा उहाँहरुले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो राखे ।

अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा उनले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरे ।

विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायको संवेदनशिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुङ्गोमा पु¥याउन सफल हुने उनले विश्वास व्यक्त गरे । ‘वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन लागिपरेको छ । प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =