क्यासेमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो ।

उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । यो क्यासमिरोले रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर हो । ३० वर्षीय क्यासमिरोको लागि तीनै पक्ष (क्यासमिरो, म्यानचेस्टर र रियल) बीच आपसी समझदारी भइसकेको छ । युनाइटेडले केही दिनमै क्यासमिरोलाई आधिकारिक रुपमा सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *