टुचेललाई प्रतिबन्ध, कोन्टेलाई जरिवाना मात्र

काठमाडौँ । इंग्ल्यान्ड फुटबल एसोसियसनले चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेललाई एक खेलको टचलाइन प्रतिबन्ध लगाएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटेनहमविरुद्धको खेलपछि विपक्षी टोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेसँग झगडा गरेको कारण टुचेललाई प्रतिबन्ध लगाईएको हो ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गत आइतबार चेल्सी र टोटेनहमबीचको खेल मैदानभित्रको नतिजाभन्दा बढी मैदानबाहिर दुई प्रशिक्षकबिचको विवादका कारण चर्चामा आयो । एफएले टुचेललाई एक खेल प्रतिबन्ध तथा ३५ हजार पाउन्ड जरिवाना लगाएको छ ।

कोन्टेले भने १५ हजार पाउन्ड मात्र तिर्नुपर्ने छ । टुचेलको प्रतिबन्ध यसै साताको खेलमा भने लागु हुने छैन । लिखित रुपमा पूर्ण कारवाही आएपछि चेल्सीले त्यसलाई अपिल गर्न पाउने हुनाले लिड्सविरुद्ध टुचेल टचलाइनमा रहनेछन् ।

टोटेनहमसँगको खेलमा चेल्सीले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । रेफ्री एन्थोनी टेलरले दुवै प्रशिक्षकलाई रातो कार्ड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *