माओवादी स्थायी कमिटी बैठक : प्रचण्डले घोषणा गर्लान् पदाधिकारीको नाम ?

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार शुक्रबारको बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको थियो । हिजमेकै बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो ।

माओवादीमा पदाधिकारी चयनको विषय सकस बन्दै गएको छ । पदाधिकारी संख्या थपेर भएपनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरुले बताएका छन् । विशेषतः महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको बताइएको छ ।

गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो ।

पदाधिकारीलगायत साङ्गठनिक संरचनालाई पूर्णता दिने भन्दै बिहीबार बिहान बोलाइएको बैठक बस्न नसकेपछि पुनःअपराह्न ४ बजेका लागि तय गरिएको थियो । अपराह्न ४ बजे पुनःबैठक बस्न नसकेपछि साँझ ६ बजेका लागि बोलाइएको थियो ।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी चयनको विषयमा अनिर्णीत बनेको छ । तर प्रवक्ता महरा आज बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने दाबी गर्छन् । पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, ‘आजको बैठकबाट सबै टुङ्गो लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *