एउटा भूल !

एउटा भूल !

बोलाइहरू
पर्खाइहरू
साथहरू
सताइहरू
साथीको नाताले मात्र भएको होइन रहेछ
म सोझो न परेँ
पत्तै पाइनँ

संगतमा
हाउभाउ थाहा हुँदोरहेछ
कुराहरू मिल्दोरहेछ
मनहरू मिल्दोरहेछ
पत्तै नहुनेगरी
कतिबेला मायामा परिँदो रहेछ
फिल्मी पाराको जस्तो
प्रेम प्रस्तावको आवश्कयता नै
नपर्नेरहेछ खास जीवनमा
तर, हाम्रो त यस्तो हुनै सकेन
किनकी, म पनि त तिमीजस्तै थिएँ
अर्की सोझीको पखाईमा थिएँ

मेरो लागि साथीको नाताले
तिम्रो घरमा छ्याङ खान आएँ
रक्सी खान पनि आएँ
ज्यादै मिठो भएकोले आइरहेँ
कोही बेला म धेरै मातेपछि
मलाई मेरो आँगनसम्म पुर्‍याउन आउँथ्यौ
अनि तिम्रो लागि म
स्कूल गएर सँगै बसेर पढ्यौँ
घुम्न कहाँ-कहाँ गयाैँ
मेला भर्न गयाैँ
मेरो छनाइमामा तिम्रो सपिङ पनि गर्‍याैँ
साह्रै रमाइलो गरेका थियौ है ?
तर, के गर्ने ?
नजुर्नुलाई रहेछ
नहुनुलाई रहेछ
शुरूमा तिमीले सानो गल्ती गर्‍याै
अनि म झन् ठूलो गल्ती गरेँ
तिमी माफी दिन सधैँ तयार हुदाँ नि
म तिम्रो अगाडि उभिन नसक्ने भएँ
आफूलाई नालायक ठानिरहेँ
दु:ख लाग्छ प्यारी
डोल्मा दिदीको होटलमै भेटेको हामी
डोल्मा दिदीकै होटलबाट छुट्याैँ

अब यसरी सम्झनु तिमी
म पनि उसैगरी सम्झिन्छु
हामी भेट्नुको एक समय थियो
र छुट्नुको एक बहाना पनि थियो त्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *