नारायणी तटबन्धनको कामलाई चारवटा प्याकेजमा ठेक्का

चितवन । नारायणी तटबन्धको कामलाई चार वटा प्याकेजमा ठेक्का दिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी तटबन्धको कामलाई छिटो सम्पन्न गर्न चार वटा प्याकेजमा ठेक्का दिएको बताइन् ।

गाँजीपुर टोल विकास संस्थाले आयोजना गरेको ट्रस्ट उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले अब छिट्टै चार ठाउँबाटै तटबन्धको काम सुरु हुने दाबी गरिन्।

‘एउटै प्याकेजमा काम गर्दा काम ढिलो हुन सक्छ’, उनले भनिन्, ‘त्यही भएर ४ वटा प्याकेजमा ठेक्का दिएका हौँ । वर्षा रोकिन साथ काम सुरु हुन्छ ।’

नारायणी तटबन्धको काम सम्पन्न भएसँगै तटीय क्षेत्रमा बासिन्दालाई सयौँ वर्षसम्म कुनै चिन्ता लिन नपर्ने मेयर दाहालको भनाइ छ ।

भरतपुरको विकास गर्ने हुटहुटीकै कारण दोस्रो कार्यकाल पनि मेयरमा निर्वाचित भएर आउने भन्दै मेयर दाहालले भरतपुरको समृद्धिका लागि कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नारायणी तटबन्ध अन्तर्गत गोलाघाटदेखि नारायणगढसम्म करिब २१ किलोमिटर तटबन्ध गर्न लागिएको छ । नारायणी तटबन्ध अन्तरगत सिसै–भगडी–बलुवा, बलुवा–गोलाघाट, गाँजीपुरदेखि–हिरापुर र रामघाट–शिवघाट–काभ्रेघाटलाई चार वटा प्याकेजमा छुट्टाइएको छ ।

यो तटबन्ध निर्माण सम्पन्न भए भरतपुर महानगरको तटीय क्षेत्रमा पर्ने बस्तीहरूमा कटानको समस्या हट्ने छ । बर्सातको समयमा नारायणी बस्तीभित्र पस्ने समस्या छ ।

यसको दीर्घकालीन समाधानका लागि ऊर्जा मन्त्रालयबाट पौन ५ अर्ब विनियोजन भई ठेक्का सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *